• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्चीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरुः पहिलाे दिन अभिमुखीकरण सम्पन्न

मेलम्चीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरुः पहिलाे दिन अभिमुखीकरण सम्पन्न

सिन्धुपाल्चाेक। मेलम्चीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातमा अभिमुखीकरण गरिएको छ।

मेलम्ची नगरपालिका नगरप्रमुख आइतमान तामाङकाे अध्यक्षता, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, साइबर व्युराेका प्रहरी निरीक्षक सतेन्द्रकुमार मिश्र, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम गरिएको हो ।

मेलम्ची नगरपालिकाकाे आयाेजना र महिला आत्मनिर्भरता केन्द्र, फेयरमेडकाे समन्वय र सहयाेगमा लैङ्गिक संवेदनशीलतासम्बन्धी अभिमुखीकरण, म हिंसा गर्दिनँ र हिंसा सहन्न भन्ने मर्मका साथ लगाइने सेताे रिवन वितरण गरि सम्पन्न भएकाे छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०८२ , नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइँदैछ । यस बर्षकाे राष्ट्रिय नारा -“प्रविधिको सहि प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं” नाराका साथ मनाउने कार्यक्रममा १६ दिनसम्म विभिन्न कार्यक्रम गरिनेछ ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले लैङ्गिक हिँसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत मिश्रले माध्यमिक विद्यालयमा यससम्बन्धी कार्यक्रम गरिने बताउनुभयो । साइवर व्युराेका प्रहरी निरीक्षक सतेन्द्रकुमार मिश्रले साइबर क्राइमसम्बन्धी जानकारी गराउनुभयो । कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्र (मांक) का अध्यक्ष सन्चमाया स्याङ्बोलगायतले विषयवस्तुमाथि प्रकाश पार्नु भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ९, मंगलवार १२:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP