• २०८३ असार ३१ | Wed, 15 Jul 2026

देशका विभिन्न ६ वटा सडक आजसम्म पनि पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

देशका विभिन्न ६ वटा सडक आजसम्म पनि पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । देशका विभिन्न ६ वटा सडक आजसम्म पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।

असाेज १७ देखि १९ गतेसम्मकाे अविरल वर्षापछि बन्द भएका सडकहरु केही संचालन भइरहे पनि केही अझै अवरुद्ध नै छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द छ।

यस्तै मेची राजमार्ग अन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोर अन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका-२ नावाखोला सडक पनि बन्द छ।

यस्तै बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्णरुपमा बन्द भएका छन् । रसुवाकाे पासाङ ल्हामु सडकखण्ड अन्तर्गत गोसाइँकुण्ड गाउँपालिका-२ मा तीन स्थानमा सडक बन्द छ ।

यता बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा पनि सडक पूर्णरुपमा बन्द छ। यी ठाउँमा सडक खुलाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार ०३:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP