• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः देशका अधिकांश प्रदेशमा बदली हुने

आजकाे माैसमः देशका अधिकांश प्रदेशमा बदली हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भागसहित बाँकी हिमाली भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

आज राति तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागसहित बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १६, शनिबार ००:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP