काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वीभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
जसले गर्दा हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । बाँकी तराईका भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा कोशी प्रदेशको तराई लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया