• २०८३ असार ३२ | Thu, 16 Jul 2026

मण्डनदेउपुरमा भएकाे टिपर दुर्घटनामा एक जनाकाे मृत्यु, एक जना घाइते

मण्डनदेउपुरमा भएकाे टिपर दुर्घटनामा एक जनाकाे मृत्यु, एक जना घाइते

हिँगुवापाटी । काभ्रेपलाञ्चोककाे मण्डनदेउपुर नगरपालिका वडानम्बर-६ कोदारी भीरमा बुधबार भएकाे टिपर दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा अर्का एक जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ।

आज बिहान अन्दाजी ४ः३० बजेकाे समयमा बा ५ ख ४०७२ नम्बरको टिपर सडकबाट अन्दाजी ६० मिटर तल खस्दा टिपरमा आगलागी भएको थियाे । दुर्घटनामा टिपर चालक मण्डनदेउपुर नगरपालिका ७ बस्ने अन्दाजी वर्ष २८ का किसिम राईकाे घटनास्थलमै मृत्यु भएकाे हाे । उनकाे टिपरकाे स्टेरिङ मुनी हात र टाउको झ्यालबाट देखिएको थियाे । उनकाे जलेर मृत्यु भएकाे थियाे ।

घाइते अवस्थामा रहेका मण्डनदेउपुर नगरपालिका ७ बस्ने अन्दाजी वर्ष २२ का विक्रम राईकाे शरीरका विभिन्न भागमा जलेकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे र धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएकाे छ ।

तस्बिर: अर्जुनजंग रोक्का



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १९, बुधबार ०८:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP