काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको हो । राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
साे आन्दाेलनमा हालसम्म मृतककाे संख्या ७३ पुगेकाे छ भने सयाैं अझै घाइते छन् ।
प्रतिक्रिया