• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आज सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच फूलपाती बढाइँ गर्दै

आज सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच फूलपाती बढाइँ गर्दै

काठमाडौँ । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन नेपाली सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ।

सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ ।

समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनेछ । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्रयाइएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट महानुभाव सहभागी हुनेछन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १३, सोमबार ०१:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP