• २०८३ असार ३२ | Thu, 16 Jul 2026

असोजमा देशभर ३ हजार ९१२ वटा अपराधका मुद्दा दर्ताः कुन प्रदेशमा कति ? (सूचीसहित)

असोजमा देशभर ३ हजार ९१२ वटा अपराधका मुद्दा दर्ताः कुन प्रदेशमा कति ? (सूचीसहित)

  • ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । नेपाल प्रहरीले असोजमा भएका मुद्दा दर्ताको प्रदेशगत विवरण सार्वजनिक गरेको छ । जसमा एक महिनामा ३ हजार ९१२ वटा मुद्दा दर्ता भएको देखिन्छ ।

सबैभन्दा धेरै बागमतीमा १ हजार २७ वटा दर्ता भएका छन् । मधेस प्रदेशमा ७८५ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १७१ वटा मुद्दा दर्ता भएको देखिन्छ । यसैगरि कोशीमा ६३९ वटा, लुम्बिनीमा ६५८ वटा दर्ता हुँदा गण्डकीमा ३३२ वटा र सुदुरपश्चिममा ३०० वटा मुद्दा दर्ता भएका छन् ।

सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । एक महिनामा ६२६ वटा यस्तो मुद्दा दर्ता भएका प्रहरीको तथ्यांक छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्ध ५२५ वटा, आत्महत्याका ५९५ वटा, चोरीका २३४ वटा मुद्दा दर्ता भएका छन् । यसैगरि लागूऔषध २३०, सवारी ज्यान १६९, जबरजस्ती करणी १५७, ठगीका १३९, ज्यान मार्ने उद्योगका १२८ र आपराधिक प्रवेश तथा उपद्रवसम्बन्धी ७० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

आगलागीका १८५ घटना
यसैबीच असोजमा आगलागीका १८५ घटना भएको प्रहरीले जनाएको छ । जसमा ५३ वटा घर र १९ वटा गोठ जलेका छन् । २० वटा चौपाया क्षति भएका छन् ।

आगलागीमा ५ करोड १४ लाख बराबरको आर्थिक क्षति भएको छ । एक जनाको मृत्यु हुँदा २२ जना घाइते भएका छन् । कोशी प्रदेशमा ४२, मधेसमा ४०, वागमतीमा २५ र गण्डकी प्रदेशमा १८ वटा घटना भएका प्रहरीले जनाएको छ । यस्तै लुम्बिनीमा ३०, कर्णालीमा १२ र सूदुरपश्चिममा १८ वटा आगलागीका घटना भएको तथ्यांक छ । देशभर १० परिवार विस्थापित भएका छन् ।

मादक पद्धार्थ सेवनबाट २०७ वटा सवारी दुर्घटना
असोजमा चालकले मादक पद्धार्थ सेवन गरेर सवारी संचालन गर्दा २०७ वटा दुर्घटना भएका छन् । कोशीमा ३७ वटा दुर्घटना हुँदा एक जनाको मृत्यु र ६४ जना घाइते भएका छन् । मधेसमा ११ वटा दुर्घटना हुँदा १ जनाको मृत्यु र १४ घाइते, वागमतीमा ३४ वटा दुर्घटनामा १ जनाको मृत्यु र ५६ जना घाइते भएको तथ्यांक छ ।

यस्तै गण्डकीमा ६ वटा दुर्घटनामा ५ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । लुम्बिनीमा १०८ दुर्घटनामा ६ जनाको मृत्यु र १९९ जना घाइते, कर्णालीमा ६ वटा दुर्घटनामा ९ जना घाइते र सूदुर पश्चिममा ५ वटा दुर्घटनामा २ जनाको मृत्यु ४ जना घाइते भएको तथ्यांक नेपाल प्रहरीले दिएको छ । कूल १६ जनाको मृत्यु र ३५२ जना घाइते भएका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २०, बिहीबार ०८:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP