• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २८ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २८ जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९४ ग्राम ७ सय ८० मिलिग्राम, डिजिटल तराजु २ थान र मोबाइल ८ थानसहित ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ ठेगाना भएका २४ वर्षीय बिशाल शाही, काठमाडौं महानगरपालिका-७ ठेगाना भएका २९ वर्षीय सरोज श्रेष्ठ, सोही महानगरपालिका-३ ठेगाना भएका २८ वर्षीय कृष्ण पण्डित, तनहुँ भानु नगरपालिका-९ ठेगाना भएका ३१ वर्षीय कुमार गुरूङ, मोरङ विराटनगर महानगरपालिका-१६ ठेगाना भएका २७ वर्षीया स्मारिका कार्की, भारत बिहार राज्य अररिया बेला-७ ठेगाना भएका १९ वर्षीय देवकुमार यादव, सुनसरी इनरूवा नगरपालिका-९ ठेगाना भएका १९ वर्षीय सुमितकुमार मेहता र सोही नगरपालिका-९ ठेगाना भएका २० वर्षीय संजिवकुमार ठाकुर रहेका छन् ।

महोत्तरी, जलेश्वर नगरपालिका-२ जिरोमाईल चोकबाट अवैध लागूऔषध गाँजा ७ सय ४५ ग्रामसहित सोही नगरपालिका-७ बस्ने ६५ वर्षीय रामठकन राय यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले मलिवाराबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५२८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, सैनामैना नगरपालिका-६ दुधराक्ष चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३९ वर्षीय उमेश पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धनुषा, धनुषाधाम नगरपालिका-२ मंगलपुरबाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ६ सय ५० ग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० बस्ने २१ वर्षीय बिजय राई र २१ वर्षीय आशिष राई रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय महेन्द्र रानालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङ, रोराङ गाउँपालिका-९ जोगीमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ हजार ४ सय ट्याब्लेटसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३ बस्ने ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले वीरगंजबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१५ स्यानिमझुवा बस्ने २६ वर्षीय एलेक्स गुरूङलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ सय ग्राम र डिजिटल तराजु १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ३० ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही महानगरपालिका-२३ हर्पन घर भएका ३५ वर्षीय विश्वराज परियार र सोही महानगरपालिका-५ मालेपाटन बस्ने ३३ वर्षीय कृष्ण विक रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले विश्वराजको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ बस्ने २३ वर्षीय सिदार्थ कुमार शाहलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६० ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । उदयपुर, कटारी नगरपालिका-३ कान्छिबजार बस्ने सिन्धुली घर भएका २९ वर्षीय मिलन सुनुवारलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, ट्रामाडोल ११ ट्याब्लेट र नगद ३० हजार रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-५ बस्ने १९ वर्षीय निशान हमाल र सोही नगरपालिका-८ बस्ने २९ वर्षीया करूणा खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-७ बस्ने ३१ वर्षीय राजेन्द्र चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलो ३ सय ५० ग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमनटार बस्ने २३ वर्षीय सुमन गोङ्गवा र पर्सा वीरगंज महानगरपालिका-२० अकौनी बस्ने २१ वर्षीय कैलाश राय रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५९३ नम्बरको ईभी गाडीमा सवार सुमनलाई करिब २ ग्राम ५० मिलिग्राम र बा.प्र.०६-००१ ज ०३२२ नम्बरको ईभी गाडीमा सवार कैलाशलाई ९० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१८ बाबुराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्राम र नगद १० हजार ४ सय ८० रूपैयाँसहित सोही महानगरपालिका-१९ हेल्थपोष्ट घर भएकी ३२ वर्षीया ज्योती तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित मितेरी पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नगद ३ हजार ५ सयसहित रसुवा कालिका गाउँपालिका-२ बस्ने निरबहादुर थापा मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले बा.प्र-०२-००६ प ९९५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २३, मंगलवार १८:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP