• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बेथानचाेक पुगेका बिदेशी पर्यटकले लगाए ‘भाइटीका’ (फाेटाेफिचर)

बेथानचाेक पुगेका बिदेशी पर्यटकले लगाए ‘भाइटीका’ (फाेटाेफिचर)

काभ्रे । नेपालका चाडपर्वहरुले यहाँ आउने बिदेशी पर्यटकहरुलाई पनि लाेभ्याउने गरेकाे छ । भाइटीका, हाेली हाेस् वा असार पन्ध्र । बिदेशी पर्यटकहरु नेपालीहरुसँगै रमाउँदै यहाँकाे संस्कृतिमा समेटिन्छन् । यस्तै भएकाे छ काभ्रेकाे बेथानचाेकमा ।

बेथानचोक गाउँपालिका वडानम्बर ३ मा रहेकाे माउण्ट महाभारत होमस्टेमा आएका तीन जना बिदेशी पाहुनाले आज भाइटीका लगाउँदै खुशी साटासाट गरेका छन् ।

युराेप र अमेरिकाबाट बेथानचाेक आएका तीन जना पर्यटक एरिका, ज्योति र एक्सेले आज नेपालीहरुसँगै भाइटीका लगाएका हाेमस्टे संचालक कमल नेपालले जानकारी दिनुभयाे ।

स्थानीय चाडपर्वले पर्यटकहरुको बसाई अवधि लम्ब्याउन मद्दत गरेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय भएको जेनजी आन्दोलनपछि नेपालमा पर्यटकहरुको आगमन कम भइरहेकाे अवस्थामा यस्ता पर्वले पर्यटकहरुकाे बसाई लम्ब्याउने मात्र नभइ नेपाली संस्कृतिकाे बिदेशमा पनि प्रचार भइरहेकाे छ । याे राम्राे कुरा हाे ।’

तस्बीरहरुः कमल नेपाल



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ६, बिहीबार १३:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP