• २०८३ असार ३२ | Thu, 16 Jul 2026

मेलम्ची–म्याङ्लुङ न्यायिक समितिबीच अनुभव आदान–प्रदान कार्यक्रम

मेलम्ची–म्याङ्लुङ न्यायिक समितिबीच अनुभव आदान–प्रदान कार्यक्रम

सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका र तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिकाबीच न्यायिक समितिहरूको अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

म्याङ्लुङ नगरपालिकाकी उपप्रमुख जमुनादेवी कार्कीको नेतृत्वमा आएको न्यायिक समितिको टोलीलाई मेलम्ची नगरपालिकाले भव्य स्वागत गरेको थियो । स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउने सम्बन्धमा अनुभव साटासाट कार्यक्रम रहेको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले स्थानीय न्यायिक समितिको भूमिकाबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले आपसी सहकार्य र सिकाइलाई थप मजबुत बनाउने बताउनुभयो ।

त्यसै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले न्याय सम्पादनमा प्रशासनिक सहजीकरण र कानुनी प्रक्रियाको महत्वबारे धारणा राख्नुभएको थियो भने नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले दुवै नगरपालिकाबीच भएका अभ्यासहरूबाट सिकेर आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल, अन्तर्क्रिया तथा अनुभव आदान–प्रदान गरिएको थियो । सहभागीहरूले स्थानीय तहको न्यायिक प्रणालीलाई अझ सुदृढ बनाउने दिशामा यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको बताएका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ३०, सोमबार १५:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP