• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः पाँच वटा प्रदेशमा वर्षाको सम्भावना

आजकाे माैसमः पाँच वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भागमा साधारणतया बादल लागेको छ।

आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । पहाडी तथा तराई भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १८, बुधबार ००:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP