• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २५ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २५ जना पक्राउ परेका छन् ।

काठमाडौँ, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोसहित मकवानपुर मकवानपुरगढी गाउँपालिका-८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ५ सय ग्रामसहित सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय मौसम राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ मिलिग्रामसहित बराहक्षेत्र नगरपालिका-६ बस्ने २९ वर्षीय सुजन दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६८ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१ बेलहिया घर भएका २० वर्षीय मुकेश थापा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गौरीगंगा नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ स्थित स्वस्तिक होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ७ किलो ५ सय ग्रामसहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ छबिसपाथिभेरा गाउँपालिका-७ बस्ने २८ वर्षीय बमबहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली नगरपालिका-२ बस्ने ५० वर्षीय रूपसिंह सितोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ श्रीजना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सनत बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ९ सय ७० मिलिग्रामसहित गुलरीया नगरपालिका-११ लालपुर बस्ने २६ वर्षीय प्रबेश चमारसमेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजसमेतबाट खटिएको प्रहरीले मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ०७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय मोहमद अकबरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-६ गोलबजार बस्ने २४ वर्षीय आशिषकुमार साहलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारसमेतबाट खटिएको प्रहरीले प्रदेश २-०१-००२ प ६२३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४७ ग्राम ६ सय २० मिलिग्रामसहित जलेश्वर नगरपालिका-६ बस्ने २६ वर्षीय बिक्कि कुमार मिश्रसमेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबाससमेतबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ३१५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रामपुर नगरपालिका-८ बस्ने २२ वर्षीय मनिष ठकुरी र कास्की रूपा गाउँपालिका-५ बस्ने २५ वर्षीय रन्जित नेपाली रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०१९१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम ९ मिलिग्रामसहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३१ बेगनास नहरचोक बस्ने ३० वर्षीय मिलन क्षेत्री, सोही महानगरपालिका-३० शिसुवा बस्ने सोही महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका २३ वर्षीय हसन भण्डारी, सोही महानगरपालिका-२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियार र सोही महानगरपालिका-२७ शिसुवा बस्ने मादी गाउँपालिका-३ घर भएका ३७ वर्षीय उदिप गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्वत, जलजला गाउँपालिका-३ पानीट्याङकीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ७ सय ५० ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय ६० ग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका-८ बस्ने ४२ वर्षीय देवबहादुर पुर्जा र ४२ वर्षीय युवराज गर्बजा रहेका छन् । प्रहरी चौकी वारिवेनीबाट खटिएको प्रहरीले म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग.३ च ५१४९ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक देवबहादुर र सहचालक युवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २०, शनिबार ११:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP