काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ ।
गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेसका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।
आज दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
राति पनि तराईका केही स्थानमा हुस्सु देखिन सक्नेछ। हुस्सु तथा कुहिरोका कारण जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया