• २०८३ असार ३० | Tue, 14 Jul 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्य घटेको छ । आज प्रतितोला २ हजार ८०० रूपैंयाँले मूल्य घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार २०० कायम भएको छ । आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे ।

गत हप्ता आइतबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार ४०० रूपैंयाँले मूल्य घटेको थियाे । मंगलबार सुनको मूल्य १ हजार ४०० रूपैंयाँले घटेको थियाे भने बुधबार ९०० रूपैंयाँले मूल्य घटेको थियाे ।

यस्तै बिहीबार २ हजार ४०० रूपैंयाँले मूल्य घट्याे भने शुक्रबार २ हजार ७०० रूपैंयाँले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । १०० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ३७५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २९, सोमबार १८:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP