काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २४ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-८ बानियाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका २५ वर्षीय रोहित महरा समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९८ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेटसहित चाँगुनारायण नगरपालिका-८ रातोपाटी बस्ने मकवानपुर घर भएका २७ वर्षीय राजु थिङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-७ बस्ने ३४ वर्षीय माहादेव राना र २६ वर्षीय सुकविन्द्र राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले से.७ प २९२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय राज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका-६ बडैया बस्ने २२ वर्षीय राजकुमार घर्तीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २७ वर्षीय दिकसन पन्तलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-११ बटर टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय १० ट्याब्लेट र एनारगन १ हजार ८ सय १० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुशान्त गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी विट जिरौनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ हात्तीसुडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय अमृत राना र सोही उपमहानगरपालिका-११ देबिनगर बस्ने ३२ वर्षीय सुरज गौचनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-३ सुरूङगाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्रामसहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका २७ वर्षीया संगिता अधिकारी, २६ वर्षीया अस्मिता मङराती, इलाम फाकफोकथुम गाउँपालिका-४ बस्ने ४७ वर्षीय धनबहादुर खवास, झापा अर्जुनधारा नगरपालिका-६ बस्ने २० वर्षीय दिपेश सेन्चुरी र २० वर्षीय रोहन विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, कनकाई नगरपालिका-३ टप्पु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने १९ वर्षीय प्रसान्त कुमाल र सोही नगरपालिका-७ दुर्गापुर बस्ने पाँचथर घर भएका ३२ वर्षीय रोशन सुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ स्थित पारस अस्पतालको गेट अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम १ सय ८० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ बस्ने ४० वर्षीया लालमन मुखिया र भारत बिहार अररिया घर भएका ४४ वर्षीय मो.सरिफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्रामसहित मकवानपुर हैटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३३ वर्षीय प्रयास लामासमेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट लमजुङतर्फ जाँदै गरेको ना.६ ख ४१३२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ भालुबाङ बस्ने रोल्पा घर भएका २२ वर्षीय आकाश पुन र रोल्पा सुनिलस्मृती गाउँपालिका-१ घर २२ वर्षीय उमेश घर्तीमगर रहेका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले आकाशलाई १ ग्राम १ सय ८० मिलिग्राम र उमेशलाई १ ग्राम ४ सय ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ जडीबुटी बस्ने सिन्धुपाल्लोक घर भएका ६० वर्षीय पालसङ तामाङ र काठमाडौं मुलपानी बस्ने सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय पदम लाल श्रेष्ठ रहेका छन् ।
अमेरिकन डलर देखाई सस्तो दरमा सट्टा गरिदिने भनि प्रलोभनमा पारी पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका-४ चाँगुनारायण मन्दिर नजिक जंगलमा नगद १० लाख रूपैयाँ लिएर आउन भनि सम्पर्क गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई चाँगुनारायण नगरपालिका-४ बाट पक्राउ गरेको हो । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ कलधारा बस्ने ६४ वर्षीय अमर केशर सिंहलाई शनिबार प्रहरीले पक्राउ पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-८ मातातिर्थबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डाँका चोरीमा संलग्न चार जना पक्राउ
काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३४ वर्षीय शंकरबहादुर तामाङ, तारकेश्वर नगरपालिका-८ गैरीगाउँ बस्ने ५० वर्षीय राजु तामाङ, तारकेश्वर नगरपालिका-४ बस्ने ३३ वर्षीय गुणराज खनाल र तारकेश्वर नगरपालिका-५ बस्ने ४३ वर्षीय प्रेम तामाङ रहेका छन् ।
तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने पीडित महिलालाई कुटपिट गरी कानमा लगाएको सुनको रिङ तानेको घटनामा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
कास्की, पोखरा महानगरपालिका-२७ तालचोक हिमाली टोल डेरा गरी बस्ने पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका ५६ वर्षीय खडिन्द्र पंगेनीको कोठामा जुवातास खेलिरहेको अवस्थामा पंगेनीसमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ हजार ९ सय ५८ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया