• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जुवातास खेलिरहेको अवस्थामा मेलम्चीका तामाङसहित चार जना पक्राउ, ५५ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा मेलम्चीका तामाङसहित चार जना पक्राउ, ५५ हजार बरामद

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

काठमाडौँ साँखु इन्द्रेणी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ४२ वर्षिय सुमनसिंह तामाङसमेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार ११:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP