काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट २४ जना पक्राउ परेका छन् । रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सन्देश खत्रीसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-१ सूर्यनगर टोल बस्ने ४० वर्षीय अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २३ ग्राम १ सय ८० मिलिग्राम, नेपाली २ लाख ६७ हजार रूपैयाँ, भारतीय २९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपलिका-२ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपलिका-५ लालबोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-६ बागमारा बस्ने २५ वर्षीय मदन विक र २४ वर्षीय हेमन्त परियार रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले से.१ प ९६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, गोलबजार नगरपालिका-६ लक्ष्मी टोल बस्ने ३६ वर्षीय सजिव मोक्तानसमेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम र नगद ५८ हजार रूपैयाँसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सजिवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ पानधारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ५१ वर्षीय हिरा साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ बाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेटसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय जीवन राई र सोही उपमहानगरपालिका-११ बस्ने २० वर्षीय क्रिष श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-२ तिनैया बस्ने २३ वर्षीय सुरेश थारूसमेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सुरेशको घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-२ अमरदह बजार डेरा गरी बस्ने २१ वर्षीय रोहन यादवसमेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोहनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय छङ्गा राना र २४ वर्षीय सनेश राना रहेका छन् । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरीले छङ्गाको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम १ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ चवन्नी खल्ला गाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा, ठोरी गाउपालिका-३ ब्रमानगर बस्ने छिरिङ दोङलाई अवैध लागूऔषध गाँजा १ सय ५७ किलो ९ सय ५० ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर र घर नजिकै रहेको खेतबाट उक्त परमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया