• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै साढे १७ लाख ठगी, पाँचखालका लामिछाने पक्राउ

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै साढे १७ लाख ठगी, पाँचखालका लामिछाने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौँ तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।

पक्राउ मध्ये रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २३, शुक्रबार १२:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP