काठमाडाैँ । मोन्था चक्रवातले आन्द्र प्रदेशको तटीय क्षेत्र, उडिसा आदिमा पछिल्लो २४ घन्टा मा ७० देखि २०० मिलिमिटर वर्षा गराएको छ।
नेपालमा चक्रवातको बाहिरि घेराको प्रभाव बुटवल-चितवन हुँदै पूर्वी भाग-वागमति, मधेस प्रदेश र कोशी प्रदेशका धेरै भागमा कार्तिक १३ गते दिउँसोदेखि सुरु भइ, मुख्य प्रभाव शुक्रबार १४ गते र १५ गते हुने देखिन्छ।
चक्रवातको मुख्य केन्द्र भने भारतको बिहार हुँदै पश्चिम बङ्गाल र आसाम मेघालयतिर जानेछ।
कार्तिक १४ र १५ गते मधेस प्रदेश र कोशी प्रदेशका धेरै भागमा मध्यमदेखि भारि वर्षाको सम्भावना हुने देखिन्छ। सुदुर पश्चिम, कर्णालीमा बादल लागे पनि ठूलो वर्षाको सम्भावना न्यून रहेकाे वरिष्ठ माैसमविद् धर्मराज उप्रेतीले बताउनुभयाे ।
प्रतिक्रिया