• २०८३ असार ३१ | Wed, 15 Jul 2026

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा । चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला पुतलीबजार नगरपालिका-१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्णबहादुर लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ प्रगतिनगरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २८, बिहीबार ०९:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP