• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु, एक बेपत्ता

काभ्रेमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु, एक बेपत्ता

काभ्रेपलाञ्चोक । जिल्लाकाे पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। उता सुनकोशी नदीमा एक जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ भेटिएको तर पहिचान खुल्न सकेको छैन । मृतक बालिकाको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ।

उता दोलालघाटस्थित भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशी नदीले बगाएको हो ।

नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा दर्जीलाई नदीले बगाएको प्रहरीले जनाएकाे छ । दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजीकार्य भइरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०१:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP