• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सिन्धुपाल्चोककाे पाँचपोखरी थाङ्पालमा ११० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

सिन्धुपाल्चोककाे पाँचपोखरी थाङ्पालमा ११० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्गा–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि मंगलबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पुल अनुमानित बजेट १ करोड २४ लाखमा सम्पन्न हुने जनाइएको छ।

यस महत्वपूर्ण आयोजनाको निर्माण कार्य कादुरी एग्रिकल्चर ब्रिटिश गोर्खा वेल्फेयर, पोखराको सहयोगमा अगाडि बढाइएको हो । पुल निर्माणका लागि वडा नं. ३ का अध्यक्ष निमाछिरिङ तामाङ, वडा नं. ८ का अध्यक्ष बिष्णुबहादुर खड्का तथा वडा नं. ७ का अध्यक्ष सुके तामाङको समन्वय तथा सहजीकरणमा बजेट व्यवस्थापन भएको थियो। कार्यक्रममा सक्रिय युवा राजन भुजेल, निवर्तमान वडा नं. २ का अध्यक्ष पासाङ स्याङबो, तथा कार्यपालिका सदस्य गीता धितालको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टासी लामाले आफ्नो दोस्रो कार्यकालभित्रै उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार निर्माण कार्य तीव्र गतिमा अगाडि बढिसकेको छ र चार महिनाभित्र पुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।

पुल निर्माण सम्पन्न भएपछि वडा नं. ७ भोटेनाम्लाङ र वडा नं. ८ लाँगर्चेबीच सहज, सुरक्षित तथा नियमित आवतजावत सम्भव हुने स्थानीयवासीहरूले विश्वास व्यक्त गरेका छन्। लामो समयदेखि पुलको प्रतिक्षामा रहेका स्थानीयका लागि यो पुल महत्वपूर्ण र दीर्घकालीन पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ८, मंगलवार ११:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP