• २०८३ असार ३२ | Thu, 16 Jul 2026

चार महिनाकाे विपद्जन्य घटनामा १३० जनाको मृत्यु

चार महिनाकाे विपद्जन्य घटनामा १३० जनाको मृत्यु

काठमाडौँ । यो वर्षको चार महिना (गएको वैशाख १ देखि भदौ १ गतेसम्म) दुई हजार ८८१ विपद्जन्य घटनामा परेर १३० जनाको मृत्यु छ । ती घटनामा चार महिनामा २२ जना बेपत्ता, ५९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।

पहिरोका ३१८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २८७ घटनामा चार र चट्याङका २४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ । ती घटनामा १२ जना घाइते भएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०६:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP