• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशको पहाडी भागमा आंशिक बादल लागेको छ। तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ। देशको पहाडी भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १७, आईतवार ०१:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP