• २०८३ असार ३१ | Wed, 15 Jul 2026

बनेपा, पनाैती र धुलिखेललगायत केही स्थानमा आज विजुली अवरुद्ध हुने

बनेपा, पनाैती र धुलिखेललगायत केही स्थानमा आज विजुली अवरुद्ध हुने

बनेपा । नेपाल विद्युत प्राधिकरणले आज शनिबार काभ्रेका केही भागमा विजुली कटाैती गर्ने भएकाे छ । प्राधिकरणकाे काभ्रे वितरण केन्द्रले एक सूचनामार्फत यसकाे जानकारी दिएकाे हाे ।

‘साँगा-धुलिखेल सडक विस्तार आयाेजना अन्तर्गतकाे २८ किलाे खण्डमा line relocation, dismantling & line shifting works काे लागि खाेपासी, पनाैती, धुलिखेल हस्पटिल फिडर अन्तर्गतकाे दाप्चा, राेशी, पनाैती बजार, कुशादेवी, ढल्मले एरियामा बिहान ०८ बजेदेखि ११ बजे भित्र लाइन बन्द गरि कार्य गराउनुपर्ने भएकाेले विद्युत अनियमित हुने जानकारी गरिन्छ।’ जारी सूचनामा भनिएकाे छ ।

यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले काम समय अगावै सकिएमा साेही बमाेजिम लाइन चाालु गरिने पनि जनाएकाे छ ।

सूचना यस्ताे छः
मिति २०८२/१०/१० गते साँगा-धुलिखेल सडक बिस्तार आयाेजना अन्तर्गतकाे २८ किलाे खण्डमा line relocation, dismantling & line shifting works काे लागि खाेपासी, पनाैती, धुलिखेल हस्पटिल फिडर अन्तर्गतकाे दाप्चा, राेशी, पनाैती बजार, कुशादेवी, ढलमले एरियामा बिहान ०८ बजेदेखि ११ बजे भित्र लाइन बन्द गरि कार्य गराउनुपर्ने भएकाेले बिद्युत अनियमित हुने जानकारी गरिन्छ । यसबाट ग्राहक बर्गमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छाैँ । कार्य अगाबै सकिएमा साेही बमाेजिम लाइन चाालु गरिनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १०, शनिबार ००:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP