• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

मण्डनदेउपुर नगरपालिका र इकाेहिमालकाे सहकार्यमा हरितपार्क सरसफाई

मण्डनदेउपुर नगरपालिका र इकाेहिमालकाे सहकार्यमा हरितपार्क सरसफाई

जाेगिटार । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका र इकोहिमाल नेपालको सहकार्यमा विश्वव्यापी सरसफाई अभियान अन्तर्गत नगरपालिकाको वडा नं. १० मा रहेको हरित पार्कमा शुक्रबार सरसफाई कार्यक्रम सञ्चालन गरियो ।

कार्यक्रम नगर उपप्रमुख विष्णुमणि नेपालकाे प्रमुख आतिथ्यतामा भएकाे हाे । सरसफाइ कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रमुख नेपालले भन्नुभयाे, ‘समाज नबनेसम्म पालिका बन्न सक्दैन , समाज बनाउनका लागि सबैले सहकार्य गर्न आवश्यक छ । काम नगरेसम्म समाज पनि परिवर्तन गर्न सकिँदैन । यो पार्क यस पालिकाको एउटा गहना हो र पहिलो पार्क पनि । त्यसकारण हामी स्थानीयले माया ममता र संरक्षण गर्नु अति आवश्यक रहेको छ ।’

कार्यक्रममा विशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल तथा इकोहिमाल नेपालका कार्यक्रम अधिकृत धर्मराज पौडेलकाे उपस्थिती रहेकाे थियाे ।

स्थानीय समुदाय, इको हिमालका कर्मचारीहरु, आमा समूह बालक्लव स्वास्थ्य कार्यालय, सहकारी संस्थाहरुको उपस्थितीमा हरित पार्क सरसफाई गरिएको थियो । याे पार्क काेराेनाकाे समयमा गाउँका युवाहरुकाे सक्रियतामा निर्माण भएकाे थियाे । आजकाे कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष कुमार तामाङकाे अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३, शुक्रबार १५:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP