• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सिन्धुपाल्चोककाे सुनकोशीमा समुदाय विपद् स्वयंसेवक तालिमकाे उद्घाटन

सिन्धुपाल्चोककाे सुनकोशीमा समुदाय विपद् स्वयंसेवक तालिमकाे उद्घाटन

सिन्धुपाल्चोक । जिल्लाकाे सुनकोशी गाउँपालिका तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १६ गण हेड क्वाटर सिन्धुपाल्चोकको संयुक्त आयोजना तथा सहकार्यमा “समुदाय विपद् स्वयंसेवक तालिम” अन्तर्गत प्रथम प्रवचन तथा उद्घाटन सम्पन्न भएको छ। बिहीबार तालिमकाे उद्घाटन भएकाे हाे ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सशत्र प्रहरी बलका नायब उपरिक्षकहरू, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षकहरू, जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, प्रशिक्षक तथा प्रशिक्षार्थीहरू, वडा सचिवहरू, विभिन्न शाखा प्रमुखहरू तथा सम्पूर्ण कर्मचारीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।

समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिम कार्यक्रममा स्वयंसेवकका रूपमा समुदायमा रही कार्य गर्न इच्छुकहरुकाे उत्साहजनक सहभागिता देखिएको थियो । कार्यक्रममा विपद् पूर्वतयारी, प्रतिकार्य तथा उद्धारसम्बन्धी विभिन्न व्यवहारिक तथा सैद्धान्तिक विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमका अवसरमा उपस्थित अतिथिहरूले विपद् जोखिम न्यूनीकरणमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले समुदायलाई सक्षम, सजग तथा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै यस तालिममार्फत सहभागीहरूलाई आपतकालीन अवस्थामा प्रभावकारीरूपमा कार्य गर्न आवश्यक ज्ञान, सीप तथा समन्वय क्षमताको विकास हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष कान्छी लामाको विशिष्ट आतिथ्यता तथा प्रमुख सेनानी अदित श्रेष्ठ र सशस्त्र प्रहरी बल उपरिक्षक हरिनारायण श्रेष्ठको विशेष उपस्थिती रहेकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १०, बिहीबार १५:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP