• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मौसम पूर्वानुमानः पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायमै

मौसम पूर्वानुमानः पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । यस्तै कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २७, शुक्रबार ००:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP