• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज पनि पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। आज देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

गएराति पूर्वको झापा र पश्चिमको बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । देशका अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । झापा र बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै एक सय दुई मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै दमकमा ३१ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै बर्दियाको रानीजरुवा वर्षामापन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन गरिएको छ । ठूलो पानी परेका क्षेत्रमा बाढी र डुवानको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २९, आईतवार ००:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP