• २०८३ असार ३१ | Wed, 15 Jul 2026

गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, छिट्टै प्रयोगमा ल्याइने

गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, छिट्टै प्रयोगमा ल्याइने

सिन्धुपाल्चाेक । गुफाडाँँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन तथा पूजा कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्य र वडा अध्यक्ष किरणदीप खड्काको विशेष आतिथ्यमा भवन उद्घाटन गरिएको हो ।

नगरपालिकाबाट विनियोजन भएको ७९ लाख बजेटमा निर्मित भवनको उद्घाटन गर्दै नगरप्रमुख तामाङले छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले केही काम अझै बाँकी रहेकाले तत्काल काम सकिएपछि मात्रै भुक्तानी गर्ने बताउनुभयो । यहाँको घेराबार, संरक्षणका लागि नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

उपप्रमुख उमा प्रधानले यस्ता भवनले समुदायमा पर्ने हरेक काम गर्न सहज हुने बताउनुभयो । समुदायसँग समन्वय गर्दै विकास निर्माणको कामलाई निरन्तरता दिने उहाँले बताउनुभयो । भवन बनेसँगै यसको संरक्षणको दायित्व समुदायको भएकाले केही रकम अक्षयकोषको रुपमा राख्नसमेत सुझाव दिनुभयो । गुफाडाँडा पर्यटकीयस्थल भएकाले यसलाई पर्यटनको हब बनाएर अगाडि जाने काममा नगरपालिका लागिरहेको बताउनुभयो ।

गुफाडाँँडा द्वारेटोल सामुदायिक भवन संरक्षण समितिका अध्यक्ष निशान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा समाजसेवी बिनोद कार्की, वडा सदस्य पूर्णबहादुर तामाङ, समाजसेवी शेरपदोर्जे पाख्रिन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन स्थानीय सचिन पाख्रिनले संचालन गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १४, बुधबार १३:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP