काठमाडौँ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
शनिबार साँझ पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे छ ।
यसअघि गत पुस १९ गते उदयपुरको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
प्रतिक्रिया