• २०८३ असार ३२ | Thu, 16 Jul 2026

वीपी राजमार्गमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि अनुगमन तथा निरीक्षण

वीपी राजमार्गमा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि अनुगमन तथा निरीक्षण

काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्ग क्षेत्रमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापा, सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेश तथा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा मनसुनका कारण हुन सक्ने सम्भावित विपद्जन्य घटनाको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो।

साथै, विपद्को समयमा वीपी राजमार्गमा हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न उच्च मनोबलका साथ प्रभावकारीरूपमा कार्य गर्न तथा गराउन सम्बन्धित कर्मचारीहरूलाई आवश्यक निर्देशन दिइएको थियो ।

कार्यक्रमले मनसुनजन्य विपद्को पूर्वतयारी, समन्वय तथा उद्धार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ११, बिहीबार २१:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP