• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026

बीपी राजमार्गमा सवारी साधन सञ्चालन समयावधि परिमार्जन

बीपी राजमार्गमा सवारी साधन सञ्चालन समयावधि परिमार्जन

धुलिखेल । बीपी राजमार्गमा जेठ २२ गते (आज) देखि सवारी साधन सञ्चालनको समयावधि विस्तार गरिएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोक तथा जिल्ला सुरक्षा समिति सिन्धुलीको समन्वयात्मक निर्णयअनुसार गत वैशाख २२ गतेदेखि बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी–खुर्कोट सडकखण्डमा बिहान ५:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मात्र सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको थियो।

उक्त निर्णयलाई पुनरावलोकन गर्दै जेठ २२ गतेदेखि सो सडकखण्डमा सवारी साधन सञ्चालनको समयावधि विस्तार गरिएको हाे । नयाँ व्यवस्था अनुसार बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सवारी साधन सञ्चालन गर्न/गराउन पाइने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

सवारी चालक तथा यात्रुहरूलाई तोकिएको समयावधिभित्र मात्र यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशनहरूको पालना गर्न अनुरोध गरिएको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २२, शुक्रबार १६:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP