• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप तीन जना पक्राउ परेका छन् । झापा, गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्रामसहित कमल गाउँपालिका-४ साधु टोल बस्ने ३३ वर्षीय राजेश नेम्वाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले टटुवामारीबाट बाहुनटोलतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय रिचन्द लिम्बु र २४ वर्षीय तेन्जिङ शेर्पा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
सिन्धुली । आफ्नै श्रीमती ४६ वर्षीया रिता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-३ रानीपानी बस्ने ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

आफ्नै घरमा वीरबहादुरले बन्चरो प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १८, सोमबार १३:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP