• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

वाढीपहिरोबाट आजसम्म ५३ जनाको मृत्यु, ४७ जना घाइते, ५ जना बेपत्ता (सूचीसहित)

वाढीपहिरोबाट आजसम्म ५३ जनाको मृत्यु, ४७ जना घाइते, ५ जना बेपत्ता (सूचीसहित)

काठमाडौँ । असोज १७ गतेदेखि २० गतेसम्म भएको अविरल वर्षासँगैको वाढीपहिरोबाट आज दिउँसो ३ बजेसम्म ५३ जनाको मृत्यु भएको छ। जसमा पुरुष २५ जना र महिला २८ जना रहेका छन् । मृत्यु हुनेमध्ये १५ जना बालबालिका रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो तथ्यांक अनुसार पहिरोमा परेर इलाममा ३८ जना, खोटाङमा एक र उदयपुरमा खोलाले बगाएर दुई जना तथा रौतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा दुई जनाको मृत्यु भएको हो ।

यस्तै काभ्रे, सुनसरी, भोजपुर र मोरङमा एक, एक जनाको मृत्यु भएको छ । धनुषामा दुई जनाको मृत्यु भएको छ । उता इलाममा एक र रसुवामा चार जना गरि ५ जना बेपत्ता भएका छन्, ४७ जना घाइते छन् ।

प्राधिकरणले दिएको जानकारी अनुसार इलाममा पहिरोमा परेर २६ जना, पाँचथरमा तीन जना, भोजपुरमा चट्याङ लागेर तीन जना, खोटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन् । ललितपुरमा २, मकवानपुरमा १, ताप्लेजुङमा एक, धनकुटामा २ गरि २४ जना घाइते भएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २२, बुधबार ११:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP