• २०८३ असार ३२ | Thu, 16 Jul 2026

काभ्रेमा डेंगु संक्रमित ५९ पुगे, पछिल्लो २४ घण्टामा एक जना नयाँ संक्रमित थपिए

काभ्रेमा डेंगु संक्रमित ५९ पुगे, पछिल्लो २४ घण्टामा एक जना नयाँ संक्रमित थपिए

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षमा डेंगु संक्रमणको संख्या ५९ पुगेको छ । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको दैनिक अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

जनस्वास्थ्य कार्यालयका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार ३१ गतेसम्म जिल्लामा डेंगुका कुल ५९ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म जिल्लामा २४ पुरुष र ३५ महिला गरी ५९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित पाँचखाल नगरपालिकाका १ पुरुष हुन् ।

पालिकागत विवरणअनुसार सबैभन्दा धेरै संक्रमित बनेपा नगरपालिकामा रहेका छन् । बनेपामा २६ जना संक्रमित पुष्टि भएका छन् । त्यसपछि मण्डनदेउपुर नगरपालिकामा १७, पाँचखाल नगरपालिकामा ९, धुलिखेल नगरपालिकामा ३, भुम्लु गाउँपालिकामा २, पनौती नगरपालिकामा १ जना संक्रमित रहेका छन् । नमोबुद्ध, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौरीदेउरालीमा हालसम्म संक्रमण पुष्टि भएको छैन ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न घर वरिपरि पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, झुल तथा रिपेलेन्टको प्रयोग गर्ने र ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ३२, बिहीबार २१:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP