• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव अझै कायम

आजकाे माैसमः नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव अझै कायम

काठमाडौँ। नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव अझै कायम छ। अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ।

आज दिउँसाे कोशी प्रदेशको पहाडी भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने देखिन्छ । अन्य प्रदेशका पहाडी र हिमाली भागमा भने आंशिक बादल लाग्नेछ ।

राति तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना छ। महाशाखाले कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरेको छ ।

यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ। तराईमा मौसम स्थिर रहे पनि पहाडी र हिमाली भेगमा भने केही समय बदली र हल्का वर्षा हुने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३, बिहीबार ००:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP