• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सहाराविहीन शिव सुवेदीलाई आर्शु स्मृति र कान्छीमाया फाउण्डेशनद्वारा सहयाेग

सहाराविहीन शिव सुवेदीलाई आर्शु स्मृति र कान्छीमाया फाउण्डेशनद्वारा सहयाेग

धुलिखेल । धुलिखेल नगरपालिका–१० को पहल र आर्शु स्मृति प्रतिष्ठानको समन्वयमा स्व. आमा सुनमाया लामाको स्मृतिमा सहाराविहीन शिव सुवेदीलाई ओढ्ने ओछ्याउने, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरिएको छ।

बनेपाबाट श्रमिक जनउत्थान सहकारी, कान्छीमाया फाउण्डेशन र आर्शु नेपाल स्मृति प्रतिष्ठानबाट चेयर, ब्ल्यान्केट, डस्ना, सिरानी र त्रिपाल, टेक्ने लौरो र पेय जुस वितरण गरिएकाे हाे ।

आमा सुनमाया लामाको २८ वर्ष पहिले हरिबाेधनी एकादशीकै दिन गाडी दुर्घटनामा निधन भएको थियो। सोही दिनको सम्झनामा देवी लामा र बेली लामाले पछिल्ला केही वर्षदेखि सामाजिक सेवामा सक्रिय हुँदै विपन्न तथा असहाय व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका–१० का वडा अध्यक्ष गोविन्दप्रसाद भण्डारी, सामाजिक अभियन्ता तथा समाजसेवी राजन अधिकारी, समाजसेवीहरु रुपेश काफ्ले, केपी अधिकारीलगायतको उपस्थिती थियो।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १५, शनिबार १४:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP