• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कटुवा पेस्तोलसहित रूपन्देहीबाट दुई जना पक्राउ

कटुवा पेस्तोलसहित रूपन्देहीबाट दुई जना पक्राउ

रूपन्देही । गैडहवा गाउँपालिका-३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय संजय पासी रहेका छन्।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २०, शनिबार ११:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP