• २०८३ असार ३२ | Thu, 16 Jul 2026

स्रोत नखुलेको नगद ५ लाखसहित सिरहाबाट एक जना पक्राउ

स्रोत नखुलेको नगद ५ लाखसहित सिरहाबाट एक जना पक्राउ

सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिका-३ बाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँसहित बरियारपट्टी गाउँपालिका-२ श्रीपुर टोल बस्ने २५ वर्षीय विजयकुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक विजय कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

भरूवा बन्दुकसहित दुई जना पक्राउ
मकवानपुर । थाहा नगरपालिका-४ धारापानी बस्ने ५५ वर्षीय कुमार रायमाझी र २७ वर्षीय बिक्रम रायमाझीलाई एकनाले भरूवा बन्दुक १ थान र फलामका छर्राहरुसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले कुमारको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १७, आईतवार १०:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP