• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

सोलुखुम्बुमा भएकाे जिप दुर्घटनामा ३ जनाको मृत्यु

सोलुखुम्बुमा भएकाे जिप दुर्घटनामा ३ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा बिहीबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । तीन जना महिलाको शव घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ।

यद्यपी गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ।

प्रहरीका अनुसार उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुन सक्ने अनुमान छ। घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। घटनापछि वाकु प्रहरी टोलीले तत्काल उद्धार गरेको र सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ७, शुक्रबार ०६:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP