• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आज वर्षा हुने सम्भावना कति ?, यस्ताे छ माैसम पूर्वानुमान

आज वर्षा हुने सम्भावना कति ?, यस्ताे छ माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको हिमाली भागमा साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ।

मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । देशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

आज राति देशको हिमाली भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ८, मंगलवार ००:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP