• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आभाष साकोसकाे आयाेजनामा भएकाे खुल्ला रक्तदान शिविरमा १२ जनाद्वारा रक्तदान

आभाष साकोसकाे आयाेजनामा भएकाे खुल्ला रक्तदान शिविरमा १२ जनाद्वारा रक्तदान

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ८ मा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले आइतबार आयाेजना गरेकाे रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् ।

संस्थाले आफ्नो १६ औं वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदानकाे आयाेजना गरेको थियाे । जसमा संस्थाका संस्थापक अध्यक्ष सुरकृष्ण वैद्यलगायत १२ जनाले रक्तदान गर्नुभएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास वैद्यले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस साेसाइटी काभ्रे शाखा र ब्लड डाेनर्स काभ्रे शाखाकाे प्राविधिक सहयाेगमा बनेपा ८ तीनदाेबाटाे चाेकमा कार्यक्रम भएकाे थियाे । संस्थाले आफ्ना १९७ जना जेष्ठ सदस्यलाई शनिबार सम्मान गरेको थियाे ।

याे पनि पढाैं

आभाष साकोसद्वारा संस्थाका १९७ जना जेष्ठ सदस्यहरुलाई सम्मान



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १४, आईतवार १५:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP