• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

पहिराेका कारण देशभरका १३ राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

पहिराेका कारण देशभरका १३ राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

काठमाडौँ । बिहीबार बिहानदेखि भइरहेको निरन्तरको वर्षापछि बाढीपहिरोले देशका विभिन्न १३ वटा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे दिएकाे जानकारी अनुसार १३ राजमार्ग पूर्णरुपमा अवरुद्ध र एउटा राजमार्ग एकतर्फी सुचारु भएकाे छ ।

मेची राजमार्गको इलाम खण्ड पहिरोका कारण अवरुद्ध छ। सङ्खुवासभाको भोटखोला–४ बरुणखोलास्थित कोशी राजमार्ग गत जेठदेखि नै अबरुद्ध छ । बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्णरूपमा अवरोध भएको हो। पाँचथरको तुम्वेवा–२ र धनकुट्टाको चौबिसे –४ सीमाना स्थित तमोर–कोरिडोर सडकखण्ड बाढीका कारण अबरुद्ध छ।

मुस्ताङ वारागुङ मुक्तिक्षेत्रको जोमसोम कोरोला सडक खण्डस्थित छुसाङ र ताङवे, बिच कालाभिर स्थित बाटो लेदोसहितको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ।

यता म्याग्दी बेनी–०४ घुमाउने भिर स्थित बेनी–दरवाङ सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ । बीपी राजमार्गको विभिन्न स्थानमा पनि सडक अवरुद्ध छ ।

ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सीमाना स्थित सिद्धिचरण लोकमार्ग, रसुवाको पासाङल्हामु सडक खण्डमा विभिन्न स्थान, सिन्धुलीको गोलन्जोर–६ अकरेभिर स्थित मध्य पहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ।

पाँचथरको याङवरक–३ मध्य पहाडी लोकमार्ग, रामेछापको खाँडादेवी–१ खैरेनीघाट स्थित मध्य पहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएकाे छ। ती सडकहरुमा पहिराे पन्छाउने काम भइरहेकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार ०७:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP