काठमाडौँ। ललितपुर, गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-६ बस्ने ६० वर्षीय ठाकुरप्रसाद भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टसमेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी बिट जिरौनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय १० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया