• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ परेका छन् । काठमाडौँ चन्द्रागिरी नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९३ ट्याब्लेटसहित चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने २६ वर्षीय बिज्ञान महत्तोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले थानकोटबाट गुर्जुधारातर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प ३०१० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-८ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-४ भल्का बस्ने २२ वर्षीय चिरञ्जिवी न्यौपाने र सोही नगरपालिका-२ मोतिपुर बस्ने २० वर्षीय बिज्ञान भण्डारी रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, कञ्चन गाउँपालिका-५ बरगदवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ भगवती टोल बस्ने ३० वर्षीय दुर्गा सुबेदी र सोही गाउँपालिका-४ थकालीचोक बस्ने ३७ वर्षीय महेश थापा रहेका छन् । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोहि उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय अर्जुन नाथ योगीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानरगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अजयकुमार राय र ग्रामथान गाउँपालिका-६ बस्ने २३ वर्षीय निरञ्जन माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय अमृत कुँवर र कास्की पोखरा महानगरपालिका-२९ पट्नेरी बस्ने ४४ वर्षीय कुशबल गुरूङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ८०१ नम्बरको भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ८ सय ट्याब्लेटसहित सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय कुमार यादवलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँसहित सोही नगरपालिका-१० कालिका नगर बस्ने ३४ वर्षीय रबि चन्द्र घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, रत्ननगर नगरपालिका-१ सौराहाबाट नियन्त्रित लागूऔषध फेनारगन ७९ एम्पुल र नोर्फिन ७९ एम्पुलसहित सोही ठाउँ बस्ने २६ वर्षीय अमन मन्सुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित रोल्पा नगरपालिका-४ लोकतान्त्रिक टोल बस्ने २० वर्षीय खर्कलाल डाँगीसमेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले रा.४ प ५१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २०, शुक्रबार १३:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP