• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

कात्तिक महिनामा विपद्का ५३७ घटना, ३५ जनाको मृत्यु (कुन प्रदेशमा कति ?)

कात्तिक महिनामा विपद्का ५३७ घटना, ३५ जनाको मृत्यु (कुन प्रदेशमा कति ?)

बनेपा । नेपाल प्रहरीले गत कात्तिक महिनामा देशभर भएका विपद्का घटनाको तथ्यांक सार्वजनिक गरेको छ । जसमा ५३७ घटनामा ३५ जनाको मृत्यु र २१४ जना घाइते भएका उल्लेख गरिएको छ ।

प्रहरीले दिएको तथ्यांकअनुसार आगलागी, बाढीपहिरो, चट्याङ, जनावर आक्रमण, महामारी, हावाहुरी, हिमपात, हिमपहिरो, शितलहर, अविरल वर्षा, दुर्घटना, लेक लाग्ने घटना, भूकम्प, सर्पदंश र अन्य घटनाहरु विपद् अन्तर्गत पर्दछन् । एक महिनामा सबैभन्दा धेरै कोशी प्रदेशमा ११६ वटा घटना भएका छन् । यस्तै मधेसमा १०१ वटा, वागमती प्रदेशका १० जिल्लामा ३९ वटा, काठमाडौं उपत्यकाका तीन जिल्लामा २६ वटा घटनाहरु भए ।

उता गण्डकी प्रदेशमा ७५ वटा, लुम्बिनीमा ८८, कर्णालीमा ३४ वटा, सुदुरपश्चिम प्रदेशमा ५८ वटा विपद्का घटनाहरु दर्ता भएको प्रहरीको तथ्यांक छ । यस्ता घटनामा पुरुष २५ र महिला ८ गरि ३५ जनाको मृत्यु भएको छ । जसमा ३ जना बालबालिका रहेका छन् । यस्तै १३१ जना पुरुष र ८३ जना महिला गरि २१४ जना घाइते भएका छन् । जसमा ५९ जना बालबालिकाहरु रहेको पनि प्रहरीले जनाएको छ ।

यस्ता घटनामा ६५ वटा घर र ३९ वटा गोठमा क्षति पुगेको छ भने १०३ वटा पशुधनको क्षति भएको छ । ३६ परिवार विस्थापित हुँदा समग्रमा अनुमानित ११ करोड ५५ लाख ७२ हजार ६४० रुपैंयाँ बराबरको आर्थिक क्षति भएको छ । यी विभिन्न घटनाहरुको उद्धारका लागि देशभर ३ हजार १६१ जना प्रहरी सुरक्षाकर्मी परिचालित भएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १३, शनिबार १३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP