• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

प्रहरी समाचारः धादिङकाे गजुरीबाट २ सय ८६ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरी समाचारः धादिङकाे गजुरीबाट २ सय ८६ किलो गाँजासहित दुई जना पक्राउ

धादिङ । गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका-५ बस्ने १९ वर्षीय होमबहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने २७ वर्षीय शिशिर केसीसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ७ सय ९० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

म्याग्दी, बेनी नगरपालिका-६ डम्बरा बस्ने ५५ वर्षीय तेजबहादुर खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेजबहादुर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार २ सय ८५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुकसहित दुई जना पक्राउ
उदयपुर, वेलका नगरपालिका-६ वाबुङला सामुदायिक वनबाट भरूवा बन्दुक २ थानसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सल्यान, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुमाख गाउँपालिका-५ झारकाँडा बस्ने ३२ वर्षीय धनबहादुर थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २९, आईतवार १३:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP