• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

आजकाे माैसमः देशभर मनसुनको प्रभाव, तीन वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

आजकाे माैसमः देशभर मनसुनको प्रभाव, तीन वटा प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यतिबेला मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

अहिले देशको हिमाली तथा पहाडी भागमा साधारणतया बादल लागेको छ भने तराईमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशको हिमाली र पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ । मधेस र कोशी प्रदेशका तराई भागमा भने आंशिक बदली रहनेछ ।

आज देशका हिमाली भागका केही स्थान र पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा पनि चट्याङगसहित वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड एवम् तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा र चट्याङ्गको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ११, सोमबार ०६:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP